Skip to main content

एआई प्रविधिद्वारा टाउको जोडिएका जुम्ल्याहाहरूको सफल छुट्ट्याई

टाउको जोडिएका जुम्ल्याहाहरूलाई छुट्याउन कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गरिएको छ। नाइजिरियामा जन्मिएका दिदीबहिनी मर्सी र गुड्नेसका टाउका जोडिएका थिए। शल्यचिकित्सकहरूले एआई प्रविधिको सहायताले उनीहरूलाई सफलतापूर्वक अलग गरेका छन्।

शल्यक्रिया तयारीको क्रममा ‘मिक्स्ड रियलिटी’ प्रविधि प्रयोग गरेर उनीहरूको खप्परका केही भागहरू पुनः डिजाइन गरिएको थियो। अहिले उनीहरू दुई वर्षका भइसकेका छन्। उक्त उच्च जोखिमयुक्त शल्यक्रिया आबुधाबीमा सम्पन्न गरिएको थियो र शल्यचिकित्सा अघि केही दिन चिकित्सकहरूसँग छलफल गरिएको थियो।