इरानका सांसद इब्राहिम अजिजीः होर्मुज स्ट्रेट अमेरिकाको निजी क्यासिनो होइन
८ असार, काठमाडौं। इरानका सांसद इब्राहिम अजिजीले स्ट्रेट अफ होर्मुज सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार इरानकै भएको व्यक्त गरेका छन्। स्विट्जरल्यान्डमा अमेरिकासँगको वार्तालाई निरन्तरता दिँदै, इरानी संसद्को राष्ट्रिय सुरक्षा र विदेश नीति समितिका प्रमुख समेत रहेका सांसद अजिजीले यो प्रतिक्रिया दिएका हुन्। उनले एक्समा लेखेका छन्, ‘तिमी(अमेरिका) धम्की दिन सक्छौ, तर हामी प्रतिक्रिया जनाउनेछौं,’ साथै उनले थपे, ‘होर्मुज स्ट्रेट न त तिम्रो निजी क्यासिनो हो न आधुनिक समुद्री डाँकुको केन्द्र।’ उनले होर्मुज स्ट्रेटलाई इरानी सम्प्रभुताको प्रतीक समेत बताए। ‘यो इरानी सम्प्रभुताको प्रतीक हो र यसबारे अन्तिम निर्णय इरानका जनता र उनका बहादुर सेनाको हातमा छ,’ अजिजीले स्पष्ट पारेका छन्।

