Skip to main content

निजारको गोलले नवप्रवेशी जोर्डनलाई अग्रता दिलायो

९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत नवप्रवेशी जोर्डनले अल्जेरियाविरुद्ध अग्रता लिएका छन्। अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा जारी खेलको ३६औं मिनेटमा निजार अल रशदानले गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका छन्। दुबै टिमले यस विश्वकपको पहिलो खेलमा पराजय भोगेका थिए र त्यसैले दुवै टोली पहिलो जितको खोजीमा छन्।