क्लोजले विश्वकपमा बनाएको सर्वाधिक (१६) गोलको कीर्तिमान मेस्सीले गएराति भएको खेलमा तोडेका थिए। ९ असार, काठमाडौं। फिफा विश्वकपमा आफ्नो कीर्तिमान तोडिएपछि जर्मनीका पूर्वफुटबलर मिरोस्लाव क्लोजले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई बधाई दिएका छन्। मेस्सीले विश्वकपमा १८ गोल गरिसकेका छन्।
‘मैले सधैं भन्ने गरेको छु कि मेस्सी सामान्य खेलाडी होइनन्,’ रेकर्ड तोकिएपछि क्लोजले भने, ‘मेरो लागि लियोनल मेस्सी इतिहासकै सर्वोत्कृष्ट फुटबलर हुन्। बधाई छ, च्याम्पियन।’ क्लोजले १२ वर्षसम्म विश्वकपको सर्वाधिक गोलकर्ताको उपाधि आफ्नो नाममा सुरक्षित राखेका थिए। उनले सन् २००२ देखि २०१४ सम्मका प्रत्येक विश्वकपमा गोल गरेका थिए। २००२ र २००६ को विश्वकपमा समान ५–५ गोल गरेका क्लोजले २०१० मा चार र २०१४ मा दुई गोल गरेका थिए।

