Skip to main content

ट्रम्पको दाबी: इरानको बन्दरगाह नाकाबन्दी बमबारीभन्दा बढी प्रभावकारी छ

अमेरिकी सेनाले इरानका समुद्री बन्दरगाहहरूमा गरेको नाकाबन्दी बमबारीभन्दा बढी प्रभावकारी सावित भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। उनले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै आवश्यक परेमा वासिङ्टन चाँडै नै यस्तो रणनीतिमा फर्कन तयार रहेको स्पष्ट पारेका छन्। बमबारीको साटो बन्दरगाह नाकाबन्दीले बढी प्रभाव पारेको आफ्नो बुझाइ रहेको अमेरिकी नेता ट्रम्पको भनाइ छ। उनले आफूहरूले करिब १५ मिनेटमै त्यस्तो नाकाबन्दी पुनः लागू गर्न सक्ने दाबी समेत गरेका छन्।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा उपस्थित अमेरिकी सेक्रेटरी अफ वार पिट हेगसेथसँग सोधे, के नाकाबन्दी साँच्चिकै चाँडै फर्काउन सकिन्छ? राष्ट्रपतिको प्रश्नको जवाफ दिँदै पेन्टागनका प्रमुख हेगसेथले आवश्यक परेको खण्डमा अमेरिकी सेना तुरुन्तै कदम चाल्न तयार रहेको बताएका छन्।