पहिलो हाफमा कंगोकी गोलकिपर लियोनल एमपासीले उत्कृष्ट प्रदर्शन गर्दै ६ बचाउ गरे। १० असार, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत कोलम्बिया र डिआर कंगोबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। समूह के अन्तर्गत मेक्सिकोको ग्वाडालाहारा स्टेडियममा भइरहेको खेलको पहिलो हाफमा कोलम्बियाले दबाव बनाए पनि गोल गर्न सकेन। पहिलो हाफमा कोलम्बियाले ६६ प्रतिशत बल नियन्त्रणमा राखेको थियो। त्यसैगरी, कुल १० शट प्रहार गर्दा ६ शट टार्गेटमा पुगे पनि गोल हुन सकेन। कंगोकी गोलकिपर लियोनल एमपासीले ६ उत्कृष्ट बचाउ गरेका थिए। कंगोले हानेका २ मात्र शट टार्गेटमा पुगेनन्।

