Skip to main content

नकआउट चरण नजिक क्यानडा र स्विट्जरल्यान्ड, पहिलो जितको खोजीमा कतार र बोस्निया

यी दुई खेलहरूले नकआउट चरणमा पुग्ने र विश्वकप यात्रा समाप्त हुने टोलीहरुको टुंगो लगाउनेछन्। १० असार, काठमाडौं। फिफा विश्वकप २०२६ मा आजदेखि समूह चरणको अन्तिम राउन्डका खेलहरू सुरु हुँदैछन्। अन्तिम राउन्डमा एउटै समूहका खेलहरू एकसाथ सम्पन्न हुनेछन्। पहिलो खेल समूह ‘बी’ को हुने तालिका छ। भ्यानकुभरको बिसी प्लेस स्टेडियममा राति पौने एक बजे स्विट्जरल्यान्ड र क्यानडाबीच खेल हुनेछ। सोही समयमा सिएटल स्टेडियममा कतार र बोस्निया एण्ड हर्जगोभिनाबीच प्रतिस्पर्धा हुनेछ। यी दुई खेलहरूले नकआउट चरणमा प्रबेश गर्ने र विश्वकपबाट बाहिरिने टोलीहरुको निर्णय गर्नेछन्। हालसम्म उक्त समूहबाट कुनै पनि टोली नकआउट चरणमा प्रबेश गरेको छैन। यी दुई खेलहरूले चार टोलीको भविष्य निर्धारण गर्नेछन्।

समान दुई खेल खेलेका क्यानडा र स्विट्जरल्यान्डले एक खेल जित र एक खेल बराबरी गर्दै समान ४ अंक जोडेका छन्। कतार र बोस्निया एण्ड हर्जगोभिनाले एक खेल बराबरी र एक खेल हार सहित समान १ अंक बनाएका छन्। क्यानडाले कतारलाई ६–० ले पराजित गरेको छ भने बोस्निया एण्ड हर्जगोभिनासँग १–१ को बराबरी खेलेको छ। स्विट्जरल्यान्डले कतारसँग १–१ को बराबरी र बोस्निया एण्ड हर्जगोभिनालाई ४–१ ले पराजित गरेको छ। क्यानडा र स्विट्जरल्यान्ड दुवै टोली नकआउट चरण नजिक पुगेका कारण कतार र बोस्निया एण्ड हर्जगोभिनाको सम्भावना कमजोर छ। राति हुने क्यानडा र स्विट्जरल्यान्डबीचको खेलमा जित निकाल्ने टोली समूह विजेता भएर सिधै नकआउट चरणमा प्रवेश गर्नेछ। पराजित भए पनि टोलीले नकआउट चरणमा पुग्ने सम्भावना राख्नेछ।

इतिहास रच्न थालिएको छ सह-आयोजक क्यानडामा। सह-आयोजक क्यानडाले फिफा विश्वकपको इतिहासमा अहिलेसम्म नकआउट चरणसम्मको यात्रा तय गर्न सकेको छैन। तर घरेलु मैदानमा स्विट्जरल्यान्डविरुद्ध समूह चरणको अन्तिम खेलमा जित वा बराबरी निकाल्दै क्यानडाले इतिहास रच्ने अवसर पाएको छ। पहिलो खेल बोस्निया-हर्जगोभिनासँग १–१ को बराबरी खेलेको क्यानडाले दोस्रो खेलमा कतारमाथि ६–० को विजयी नतिजा दर्ता गर्दै इतिहासका पाटोमा झरेको छ। तर स्विट्जरल्यान्डलाई हराउन क्यानडालाई सजिलो हुनेछैन। विगतका लगातार तीन विश्वकपमा अन्तिम १६ सम्म पुगेको स्विट्जरल्यान्ड २०२६ मा पनि त्यो सफलता दोहोर्याउन धेरै नजिक छ।