१० असार, काठमाडौं । इरानले आपसी सम्मान र एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तमा इस्लामिक देशहरूसँग आफ्नो सम्बन्ध विस्तार गर्न इच्छुक रहेको जनाएको छ। इरानको संसद अध्यक्ष मोहम्मद बगर गालिबाफले अजरबैजानको राजधानी बाकुमा आयोजना गरिएको इस्लामिक सहयोग संगठन (ओआईसी) का सदस्य राष्ट्रहरूको संसदीय संघको सम्मेलनमा भने, ‘क्षेत्रीय सुरक्षा व्यवस्थापन बाहिरबाट ल्याउन हुँदैन,’ उनले भने, ‘यो स्थानीय स्तरमा गरिनुपर्छ र क्षेत्रीय सिद्धान्तमा आधारित हुनुपर्छ।’
विशेषत: खाडी क्षेत्रका विभिन्न देशहरूमा अमेरिकी सैन्य अड्डाहरू रहेका छन्, जसलाई इरानले लगातार जवाफि आक्रमणको निशाना बनाउँदै आएको छ। गालिबाफले भने, ‘लेबनानमा युद्ध समाप्त हुनु भनेको इरानमा युद्ध समाप्त हुनुजस्तै महत्वपूर्ण छ। यही सबैभन्दा ठूलो र महत्वपूर्ण मुद्दा हो।’

