डोनाल्ड ट्रम्पले नाटोका युरोपेली साझेदारहरूले अमेरिकालाई सहयोग नगरेको आरोप लगाए
११ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वको समयमा नाटोमा आवद्ध युरोपेली साझेदारहरूले संयुक्त राज्य अमेरिकालाई अपेक्षित सहयोग नदिएको बताएका छन्। ह्वाइट हाउसमा नाटो महासचिव मार्क रुट्टेसँगको बैठकमा ट्रम्पले भने, ‘हामीलाई धोका भयो। वास्तवमा यस मामिलामा हामीलाई अरू कसैको सहयोगको आवश्यकता नै थिएन।’
उनी थपे, ‘तर उनीहरूले मात्र ‘हामी सहयोग गर्न चाहन्छौँ’ भनेको भए पनि राम्रो हुने थियो।’ ‘उनीहरूले त्यो कुरा पनि भनेनन्,’ ट्रम्पले विगत सम्झँदै बताएका छन्।

