११ असार, काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोलामा ५ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सो दिन सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुनको कारोबार २ लाख ८३ हजार ५ सय रुपैयाँमा भएको थियो । केही हप्तादेखि सुनको मूल्य ओरालो लागेको छ । एक साताको अवधिमा सुनको मूल्य १८ हजार ९ सय रुपैयाँले घटेको छ । गत बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँ थियो।
त्यस्तै चाँदीको मूल्य आज प्रतितोलामा २५० रुपैयाँले घटेको छ । अघिल्लो दिन चाँदीको कारोबार प्रतितोला ४ हजार ४८५ रुपैयाँमा भएको थियो भने आज ४ हजार २३५ रुपैयाँ कायम भएको छ । एक हप्तामा चाँदीको मूल्य ७१० रुपैयाँले घटेको छ । गत बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९५० रुपैयाँ थियो।

