मेक्सिकोका लागि मेटेओ चाभेजले पहिलो गोल गरेका थिए। त्यसको ६ मिनेटपछि जुलियन क्वाइनोनेसले अर्को गोल थप्दै अग्रता दोब्बर पारेका छन्। ११ असार, काठमाडौं। फिफा विश्वकप २०२६ को समूह ‘ए’ अन्तर्गत भइरहेको चेक रिपब्लिक र मेक्सिकोबीचको खेलमा मेक्सिकोले लगातार दुई गोल गर्दै स्कोरलाई २–० मा पुर्याएको छ। मेटेओ चाभेजले ५५औं मिनेटमा मेक्सिकोका लागि पहिलो गोल गर्दै स्कोर खोलेका थिए। त्यसको केही बेरपछि, जुलियन क्वाइनोनेसले दोस्रो गोल थप्दै आफ्नो टिमलाई महत्वपूर्ण अग्रता दिलाएका छन्।

