Skip to main content

जुवातास खेलेको आरोपमा ६ जना पक्राउ परे

फाइल तस्वीर ११ असार, संखुवासभा। संखुवासभाको चैनपुर नगरपालिका—३ पोखरीबाट जुवातास खेलेको आरोपमा ६ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले चैनपुर—३ स्थित पोखरीबाट जुवातास (कौडा) खेलाएको आरोपमा घरधनीसहित ६ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा घरधनी ४५ वर्षीय कर्णबहादुर तामाङ, ४० वर्षीय नवीनकुमार लिम्बू, २८ वर्षीय मानबहादुर लिम्बू, ४३ वर्षीय दुर्गाबहादुर लिम्बू, ४३ वर्षीय टेकबहादुर लिम्बू र ४० वर्षीय पूर्णबहादुर लिम्बू रहेका छन्। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार उनीहरूको साथबाट नगद ३१ हजार दुई सय ८५ रुपैयाँसहित तास, कौडा र मोबाइल बरामद गरिएको छ।