Skip to main content

रास्वपाको महामन्त्री पदमा दावी गर्ने नेताहरुको सूची सार्वजनिक

११ असार, काठमाडौं । रास्वपाको महामन्त्री पदमा कडा प्रतिस्पर्धा देखिएको छ। केन्द्रीय सदस्यहरूको नतिजा आउन भन्दा अगाडि नै आधा दर्जनभन्दा बढी नेताले महामन्त्री पदका लागि उम्मेदवारी दिएका छन्। विपिन आचार्य, शिशिर खनाल, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, मनिष झा, रञ्जु दर्शना, सागर ढकाल, प्रमोद न्यौपाने, गणेश कार्की लगायतले महामन्त्री पदका लागि दावी जमाएका छन्। बुर्लाकोटी हालको महामन्त्री हुन् भने आचार्य निर्वाचित सहमहामन्त्री र झा पार्टीका प्रवक्ता हुन्।