Skip to main content

नेदरल्यान्डले ट्युनिसियाविरुद्ध ७ मिनेटमा दुई गोल गर्‍यो

१२ असार, काठमाडौं। फिफा विश्वकप २०२६ को समूह ‘एफ’ अन्तर्गत ट्युनिसियाविरुद्धको प्रतियोगितामा नेदरल्यान्डले ७ मिनेटभित्र दुई गोल गरेका छन्। पहिलो गोल ट्युनिसियाले आत्मघाती रुपमा गर्यो। ट्युनिसियाका इलेस सखिरीले खेलको तेस्रो मिनेटमै आत्मघाती गोल गरेका थिए। त्यसपछि सातौं मिनेटमा नेदरल्यान्डका ब्रायल ब्रोबेले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए।