फिफा विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डविरुद्धको खेलमा बेल्जियमका लियान्द्रो ट्रोसार्डले दुई गोल गरेका छन्। सोही खेलमा बेल्जियमका केभिन डे ब्रुएनाले तेस्रो गोल थपेका छन्। १३ असार, काठमाडौं।
फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार जारी भएको खेलमा बेल्जियमले तेस्रो गोल प्रहार गरेको छ। न्युजिल्यान्डविरुद्धको खेलमा बेल्जियमका लागि केभिन डे ब्रुएनाले तेस्रो गोल गरेका हुन्। यसअघि दुई गोल लियान्द्रो ट्रोसार्डले गरेका थिए। उनले खेलको २८ औं र ५० औं मिनेटमा गोल गरेका थिए।

