Skip to main content

अल्जेरिया र अस्ट्रियाबीचको रोमाञ्चक खेल बराबरीमा सम्पन्न, दुवै टोली नकआउट चरणमा प्रबेश

यस नतिजासँगै समूह ‘जे’ बाट दुवै टोली नकआउट चरणमा प्रबेश गर्न सफल भएका छन्। १४ असार, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत अल्जेरिया र अस्ट्रियाबीच भएको रोमाञ्चक खेल ३–३ को बराबरीमा समाप्त भयो। दुवै टोलीले इन्जुरी समयमा १–१ गोल थप्दै खेललाई अत्यन्तै रोमाञ्चक बनाएका थिए।

खेलको २८ औं मिनेटमा अस्ट्रियाले अग्रता बनाएको थियो। अस्ट्रियाका मार्को अर्नाटोभिचले गोल गर्दै टिमलाई अघि बढाएका थिए। ४५ औं मिनेटमा अल्जेरियाका रफिक बेलघालीले समानता फर्काए। ५५ औं मिनेटमा अस्ट्रियाका मार्सल सबिट्जरले पुनः अग्रता दिलाएका थिए, तर पाँच मिनेटपछि अल्जेरियाका रिहाद महरेजले गोल गर्दै पुनः बराबरी ल्याए।

निर्धारित ९० मिनेटसम्म थप गोल भएन। इन्जुरी समयको तेस्रो मिनेटमा महरेजले अर्को गोल गर्दै अल्जेरियालाई जित नजिक पुर्‍याए, तर छठौँ मिनेटमा अस्ट्रियाका सासा कालाज्डेजिकले गोल फर्काउँदै खेल ३–३ को बराबरीमा टुंग्याए।

यस नतिजासँगै समूह ‘जे’ बाट अस्ट्रिया एक जित, एक बराबरी र एक हारसहित ४ अंकसहित दोस्रो स्थानमा नकआउट चरणमा पुगेको छ भने समान ४ अंकसहित तर गोलअन्तरमा पछि परेको अल्जेरिया तेस्रो स्थानमा रह्यो। तेस्रो स्थानमा रहँदै पनि अल्जेरियाले उत्कृष्ट प्रदर्शनको आधारमा नकआउट चरणमा स्थान पक्कागरेको छ।

यस समूहबाट सबै खेल जित्दै साविक विजेता अर्जेन्टिनाले समूह विजेताको स्थान सुरक्षित गरेको छ। अर्को तर्फ, जोर्डन प्रतियोगिताबाट बाहिरिएको छ।