Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

रसिलाले स्विट्जरल्यान्ड र फ्रान्समा प्रशिक्षण गर्ने

Advertisement800×200-1

रसिला एसिया ट्रेल मास्टर्स जित्ने नेपालकी पहिलो अल्ट्रा धाविका हुन्। अल्ट्रा रनर रसिला तामाङ दुई महिनाको विशेष प्रशिक्षणका लागि आइतबार स्विट्जरल्यान्ड प्रस्थान गरेकी छन्। एसिया ट्रेल मास्टर्स विजेता रसिलाले स्विट्जरल्यान्ड र फ्रान्समा प्रशिक्षण लिनुका साथै तीनवटा अल्ट्रा रेस प्रतियोगितामा सहभागी हुनेछिन्। १४ असार, काठमाडौं।

अल्ट्रा रनर रसिला तामाङ आइतबार दुई महिना प्रशिक्षणका लागि स्विट्जरल्यान्ड प्रस्थान गरेकी छन्। एसिया ट्रेल मास्टर्स महिला च्याम्पियनसिपमा विजेता बनेर इतिहास बनाएकी रसिलाले दुई महिनाको बसाइमा स्विट्जरल्यान्डको ग्राचेन र फ्रान्सको ला ग्रेभमा प्रशिक्षण लिनेछिन्। रसिला एसिया ट्रेल मास्टर्स जित्ने नेपालकी पहिलो अल्ट्रा धाविका हुन्।

प्रशिक्षणकै क्रममा रसिलाले स्विट्जरल्यान्ड र फ्रान्समा हुने तीन अल्ट्रा रेस प्रतियोगितामा पनि सहभागिता जनाउनेछिन्। पर्वतारोहीसमेत रहेकी उनले यालुङ रि पिक (५६३० मिटर), छुलु फार इस्ट (६०४५ मिटर), पोकाल्डे पिक (५८०६ मिटर), लोबुचे इस्ट (६११९ मिटर) र आइल्यान्ड पिक (६१६५ मिटर) सफलतापूर्वक आरोहण गरिसकेकी छिन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर