डी बक्सभन्दा बाहिर जोर्डनका अमिर जामोसले मेस्सीलाई ढाल्दा रेफ्रीले फाउलको संकेत गरेका थिए। सो फाउलमा मेस्सीले प्रहार गरेको लामो फ्री किकले गोल गरी जाली चुमेको हो। १४ असार, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्धको खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले बेन्चबाट मैदान प्रवेश गरी गोल गरे। खेलको ६०औं मिनेटमा मैदान प्रवेश गरेका अर्जेन्टिनी स्टार मेसीले ८०औं मिनेटमा फ्री किक मार्फत गोल गरे। मेसीको गोलपछि अर्जेन्टिनाले खेलमा ३-१ को अग्रता बनाएका छन्।
डी बक्सभन्दा बाहिर जोर्डनका अमिर जामोसले मेस्सीलाई ढाल्दा रेफ्रीले फाउल दिएका थिए। त्यसैमा मेस्सीले प्रहार गरेको लामो फ्री किकले जाली चुमेको हो। यो जारी विश्वकपमा मेसीको छैटौं गोल हो। यसअघि उनले अल्जेरियासँग ह्याट्रिक र अस्ट्रियासँगको खेलमा दुई गोल गरेका थिए। फिफा विश्वकपमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाइसकेका मेसीले विश्वकपमा कुल १९ गोल गरिसकेका छन्। मेसीले यस खेलमा अर्को कीर्तिमान पनि बनाए। उनी विश्वकपमा लगातार ७ खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। उनले कतार विश्वकपमा लगातार चार र जारी विश्वकपमा लगातार तीन खेलमा गोल गरेका छन्।

