काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखा पर्दा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ। ककपिटमा धुवाँ आएको संकेत देखिएपछि पाइलटले जहाजलाई तत्काल भैरहवा अवतरण गर्ने निर्णय गरेको महाप्रबन्धक श्याम किशोर साहले जानकारी दिनुभयो।
विमानस्थलमा रोकिएका यात्रुहरुलाई काठमाडौँबाट अर्को जहाज पठाएर गन्तव्यसम्म पुर्याउने तयारी भइरहेको एयरलाइन्सले जनाएको छ। १४ असार, काठमाडौं। एसएचए २२७ जहाज भैरहवामा अवतरण गरेको र अहिले यात्रुहरु विमानस्थलमै रहेको जानकारी सो विमानस्थलका महाप्रबन्धक श्याम किशोर साहले दिनुभयो।
उनका अनुसार कम्पनीले काठमाडौँबाट अर्को जहाज ल्याएर यात्रुलाई धनगढी पुर्याउने व्यवस्था गरिरहेको छ। ककपिटमा धुवाँ आएको संकेत भएपछि पाइलटले तत्काल भैरहवा अवतरण गर्ने निर्णय गरेको उनले बताए। यसबारे थप जाँचपछि समस्या स्पष्ट हुने उनको भनाइ छ।

