पहिलो हाफमा जापानले ब्राजिललाई एक गोलले पछि पार्यो, ब्राजिलको बराबरी प्रयास सफल भएन
फिफा विश्वकप २०२६ को राउण्ड अफ ३२ अन्तर्गतको खेलमा जापानले ब्राजिलविरुद्ध पहिलो हाफमा १-० को अग्रता कायम गरेको छ। जापानका काइसु सानोले खेलको २९ औं मिनेटमा एक्लै बल अघि बढाउँदै गोल गरेको हुन्। उनले मैदानको बिच भागमा ब्राजिलका खेलाडीको मिस पास समातेर एक्लै बल अघि बढाएर गोल गरेका थिए। सानोको लामो प्रहार ब्राजिलका गोलरक्षक एलिसन बेकरले रोक्न सकेनन्।
पाँच पटक विश्वच्याम्पियन बनेको ब्राजिलले खेलमा बराबरी ल्याउनका लागि प्रयास गरिरहेको छ, तर पहिलो हाफसम्म सफल हुन सकेको छैन। जापानका गोलरक्षक जिओन सुजुकीले पहिलो हाफमा उत्कृष्ट रक्षात्मक प्रदर्शन गरेका छन्। १५ असार, काठमाडौं।

