Skip to main content

स्वीडेनलाई हराएर फ्रान्स अन्तिम १६ मा प्रवेश

फ्रान्सले स्वीडेनलाई हराउँदै फिफा विश्वकप २०२६ को ‘अन्तिम १६’ मा आफ्नो स्थान पक्का गरेको छ। कप्तान किलियन एम्बाप्पेले दुई गोल गरे भने ब्राडली बारकोलाले एक गोल गर्दै फ्रान्सले ३-० को सहज जीत हासिल गर्‍यो। एम्बाप्पेले खेलको ४५औं मिनेटमा पहिलो गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। त्यसपछि ५३औं मिनेटमा ब्राडलीले गोल गर्दै अग्रतालाई दोब्बर बनाए। खेलको ७४औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता थप मजबुत बनाए।

दुई गोल थप्दै एम्बाप्पेले फिफा विश्वकप २०२६ को सर्वाधिक गोलकर्ताको सूचीमा लियोनल मेसीसँग ६-६ गोलको बराबरी गरेका छन्। अब फ्रान्स क्वार्टरफाइनल प्रवेशका लागि पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ।