न्यूयोर्क न्यू जर्सी रंगशालामा जारी खेलको ७५ औं मिनेटमा फ्रान्स तीन गोलले अगाडि छ। कप्तान किलियन एम्बाप्पेको दुई गोलको मद्दतले फ्रान्सले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा स्वीडेनविरुद्ध तीन गोलको अग्रता बनाएको छ। खेलको ४५ औं मिनेटमा एम्बाप्पेले पहिलो गोल गरेका थिए भने ५३ औं मिनेटमा ब्राडली बारकोलाले गोल गर्दै अग्रता दोब्बर पारेका थिए। ७४ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्स तीन गोलले अघि छ। १७ असार, काठमाडौं — एम्बाप्पेले यससँगै फिफा विश्वकप २०२६ मा सर्वाधिक गोल गर्ने सूचीमा लियोनल मेसीसँग समान ६ गोल गरेका छन्।

