१७ असार, काठमाडौं । दुई गोलले पछि परेको बेल्जियमले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को खेलमा सेनेगलविरुद्ध जबरजस्त प्रतिक्षेप गरेको छ । सिएटल स्टेडियममा जारी उक्त खेलमा बेल्जियमले केवल ३ मिनेटमा लगातार दुई गोल गर्दै खेललाई बराबरीमा ल्याएको छ । खेलको ८६औं मिनेटमा बेल्जियमका रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास थालेका थिए । त्यसपछि तीन मिनेटमै युरी टिलेमान्सले अर्को गोल प्रहार गरी बेल्जियमलाई पुनः खेलमा बराबरीमा पुर्याउन सफल भए । निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा समाप्त भएपछि अतिरिक्त समयमा जान गरिएको छ ।

