१९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरियाविरुद्ध अग्रता लिएको छ। क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा जारी खेलमा, स्विट्जरल्यान्डका ब्रिल एम्बोलोले खेल शुरु भएको दशौँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका छन्। यो गोल उनले जोहान मानजाम्बीको पासबाट गरेका हुन्।

