Skip to main content

दोस्रो हाफको सुरुमै एनडोएको गोलले स्विट्जरल्यान्डको अग्रता दोब्बर गर्यो

१९ असार, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा स्विट्जरल्यान्डले दोस्रो हाफको सुरुमै गोल गर्दै आफ्नो अग्रतालाई दोब्बर बनाएको छ। क्यानडाको भ्यानकुभरमा रहेको बीसी प्लेस स्टेडियममा जारी खेलमा दोस्रो हाफको पहिलो मिनेटमै डान एनडोएले गोल गर्दै स्विस टोलीको अग्रता बढाएका हुन्। नटिङहम फरेस्टबाट खेल्ने विंगर एनडोएले दोस्रो हाफ सुरु भएको ४८ सेकेण्डमै गोल गर्न सफल भएका थिए। पहिलो हाफमा ब्रिल एम्बोलोले दशौँ मिनेटमा गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए। त्यो गोल उनले जोहान मानजाम्बीको पासमा गरेका थिए।