Skip to main content

अर्जेन्टिनाले अतिरिक्त समयमा अग्रता बनायो – मियामीमा रोमाञ्चक प्रतिस्पर्धा

मियामी स्टेडियममा जारी खेलको अतिरिक्त समयमा दोस्रो मिनेटमै अर्जेन्टिनाले अग्रता लिएको छ। अर्जेन्टिनाका लागि लिसान्ड्रो मार्टिनेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका छन्। २० असार, काठमाडौं।

फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा अर्जेन्टिनाले केप भर्डेसित अतिरिक्त समयमा अग्रता लिएको छ। मियामी स्टेडियममा जारी खेलको अतिरिक्त समयको दोस्रो मिनेटमै अर्जेन्टिनाले अग्रता बनाएको हो। लिसान्ड्रो मार्टिनेजले गोल गर्न सफल भएका थिए।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको हो। राउन्डको २९औं मिनेटमा कप्तान लियोनल मेसीले गोल गरेर अर्जेन्टिनालाई पहिलो अग्रता दिलाएका थिए। तर, ५९औं मिनेटमा डेयरोय डुआर्टेले गोल गर्दै केप भर्डेलाई बराबरीमा फर्काएका थिए।