२१ असार, काठमाडौं । विभिन्न अपराधहरुमा जेल सजाय भोगेका र छूटेका व्यक्तिहरु फेरि खैरो हेरोइनसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–८ का ४१ वर्षीय सरोज गहतराज रहेका छन्। लागु औषध नियन्त्रण ब्यूरोको टोलीले उनलाई छापा मारेर २३.५५० ग्राम खैरो हेरोइन बरामद गरेको छ।
गहतराजलाई पनि उही स्थान अर्जुनधारा–८ बाट पक्राउ गरिएको हो। उनी यसअघि ३१ वैशाख २०७१ मा बलात्कारको अभियोगमा पक्राउ परेर ६ वर्ष कैद भुक्तान गरी छुटेका थिए। त्यसपछि २३ वैशाख २०८१ मा लागुऔषधसहित पक्राउ परेर १ वर्ष कैद भुक्तान गरी छुटेका थिए। अब फेरि गहतराजलाई खैरो हेरोइनसहित पक्राउ गरिएको छ।






