Skip to main content

इंग्ल्यान्ड दस खेलाडीमा सीमित हुँदै क्वाटरफाइनलमा प्रवेश, मेक्सिको विश्वकपबाट बाहिरियो

राउण्ड अफ ३२ सम्म कुनै गोल नखाई शतप्रतिशत जित हासिल गरेको घरेलु टोली मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक बन्यो। अर्को आयोजक टोली क्यानडा पनि अन्तिम १६ बाटै बाहिरिसकेको छ। २२ असार, काठमाडौं। गोलको वर्षा, पेनाल्टी, भिएआर, रातो कार्ड र विभिन्न रोमाञ्चक क्षणले भरिएको खेलमा दस खेलाडीमा सीमित इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३-२ को हारसँगै पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। इंग्ल्यान्डले अब क्वाटरफाइनलमा नर्वेसँग प्रतिस्पर्धा गर्नेछ। राउण्ड अफ ३२ सम्म कुनै गोल नखाई लगातार जित हासिल गर्ने घरेलु टोली मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक संघ बन्यो भने अर्को आयोजक क्यानडा पनि अन्तिम १६ बाटै बाहिरिसकेको छ। मेक्सिकोको अज्टेका स्टेडियममा सोमबार बिहान सम्पन्न खेलमा इंग्ल्यान्डका लागि जूड बेलिङहमले दुई गोल गरेको छन् भने कप्तान ह्यारी केनले एक गोल गरेका छन्। मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमिनेजले समान एक-एक गोल गरेका थिए।