Skip to main content

मेक्सिकोका जुलियन क्विनोनेसले इंग्ल्यान्डविरुद्ध गोल फर्काए

जुलियन क्विनोनेसले ४२औं मिनेटमा गोल गर्दै गोल अन्तरलाई कम पारेका छन्। त्यसअघि इंग्ल्यान्डका जुड बेलिङहमले दुई मिनेटमा दुई गोल गर्दै २-० को अग्रता दिलाएका थिए। २२ असार, काठमाडौं। फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा सहआयोजक मेक्सिकोले इंग्ल्यान्डविरुद्ध गोल फर्काएको छ। जुलियन क्विनोनेसले ४२औं मिनेटमा गोल गर्दै गोल अन्तरलाई कम पारेका छन्। त्यसअघि इंग्ल्यान्डका जुड बेलिङहमले दुई मिनेटमा दुई गोल गर्दै २-० को अग्रता दिलाएका थिए। मेक्सिकोको घरेलु मैदान अज्टेका स्टेडियममा भइरहेको खेलमा बेलिङहमले ३६औं मिनेटमा बुकायो साकाको क्रसमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। त्यसको एक मिनेटपछि नै बेलिङहमले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे।