Skip to main content

फिफा विश्वकप २०२६: फुटबल टोलीमा किन ११ खेलाडी हुन्छन्?

फुटबल खेलमा एउटा टोलीबाट किन ११ खेलाडी मैदानमा जान्छन्? वर्तमानमा फुटबलका प्रशंसकहरू फिफा विश्वकप २०२६ हेरेर उत्साहित छन्। अन्य फुटबल प्रतियोगिताहरू जस्तै विश्वकपमा पनि प्रत्येक सहभागी टोलीबाट ११-११ खेलाडीहरू मैदानमा प्रवेश गर्छन्। यो नियम उन्नाइसौँ शताब्दीदेखि स्थायी रहँदै आएको छ। फुटबल टोलीमा ११ खेलाडी राख्ने परम्परा इङ्ग्ल्यान्डमा सुरु भएको हो। त्यतिबेला आधुनिक फुटबलका नियमहरूलाई व्यवस्थित गर्ने प्रयास भइरहेकाले यो संख्या तय गरियो। डेढ सय वर्षभन्दा बढी समय बितिसक्दा पनि, एउटा टोलीबाट ११ खेलाडी मैदानमा ओर्लिन पाउने नियम अझै कायम छ। तर किन ११ खेलाडी मात्र? यसको उत्तर जान्न यो भिडिओ हेर्नुहोस्।