Skip to main content

नेपाली पुरुष फुटबल टोलीका प्रशिक्षक गुग्लिएल्मो एरेना हटाइएका छन्

२४ असार, काठमाडौं । नेपाली पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेना पदमुक्त भएका छन् । नेपाली फुटबलको नियामक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाको निलम्बनमा परेको अवस्थामा दुवै पक्षको सहमतिमा उनलाई पदमुक्त गरिएको छ, यसबारे निलम्बित एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए।
‘हाल नेपाली फुटबल निलम्बनको अवस्थामा रहँदा दुवै पक्षको सहमतिमा उहाँलाई रिलिज गर्ने निर्णय भएको हो, निलम्बन फुकुवा भएपछि नयाँ प्रशिक्षक चयन प्रक्रिया सुरु हुनेछ,’ प्रवक्ता शाहले बताए।
एन्फाले गत फागुन २८ मा इटालीका एरेनालाई आधिकारिक रूपमा मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको थियो। फिफाले गत ११ असारमा एन्फालाई निलम्बन गरेको थियो।