यस विश्वकपमा डेम्बेलेले पाँचौं गोल गरेका छन् र उनी सर्वाधिक गोलकर्ता सूचीमा पाँचौँ स्थानमा छन्। २५ असार, काठमाडौं। फिफा विश्वकप २०२६ को पहिलो क्वार्टरफाइनल खेलमा फ्रान्सले मोरक्को विरुद्ध आफ्नो अग्रतालाई दोब्बर बनाएको छ। अमेरिकाको बोस्टन स्टेडियममा जारी खेलमा उसमान डेम्बेलेले ६६औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रतालाई दोब्बर पारेका छन्। डेम्बेलेले कप्तान किलियन एमबाप्पेको पासमा गोल गरेका छन्।
यस विश्वकपमा डेम्बेलेले यो पाँचौ गोल गरेका छन् र उनी शीर्ष गोलकर्तामध्ये पाँचौँ स्थानमा छन्। त्यसअघि कप्तान किलियन एमबाप्पेले ६०औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। एमबाप्पेले डिजायर डुँिएको पासमा विश्वकपमा आफ्नो आठौं गोल गरेका हुन्। उनले अर्जेन्टिनाका कप्तान लियोनेल मेसीसँग बराबरी गर्दै आठ गोल गरेका छन्। डेम्बेलेको गोलमा असिस्ट पनि गरेका एमबाप्पेले ८ गोलसँगै ३ असिस्ट पनि गरेका छन्, जसले गर्दा उनी शीर्ष गोलकर्तामा मेसीभन्दा अगाडि छन्।
साथै, एमबाप्पेले विश्वकपमा कुल २० गोल पुर्याएका छन्, जुन मेसीको भन्दा एक गोल कम हो। एमबाप्पेले पहिलो हाफको २८औं मिनेटमा हानेको पेनाल्टी मोरक्कोका गोलकिपर यासिन बोनोले बचाएका थिए। साविक उपविजेता फ्रान्सले पहिलो हाफमा पेनाल्टीसहित केही राम्रो अवसर पाएको भए पनि सदुपयोग गर्न सकेन भने मोरक्कोका गोलकिपर बोनोले उत्कृष्ट प्रदर्शन देखाए। खेलको चौथो मिनेटमा बोनोले उपामेकानोको हेडर बचाएका थिए। २५औं मिनेटमा मोरक्कोका माजाउरीले एमबाप्पेलाई पेनाल्टी बक्स भित्र फल गरेपछि रेफ्रिले फ्रान्सलाई पेनाल्टी दिएका थिए। पेनाल्टी संकेतपछि भिएआरले रिभ्यु गरेको थियो।






