काठमाडौं । काठमाडौंको नारायणगोपाल चोक नजिकै बाँसबारी स्थित धापासी मार्गमा अत्याधुनिक सुविधा, आकर्षक डिजाइन र बहुउद्देश्यीय संरचनासहित नयाँ इभेन्ट स्थल ‘रामालय’ सञ्चालनमा आएको छ । कर्पोरेट कार्यक्रमदेखि विवाह, सांस्कृतिक समारोह, कन्सर्ट र अन्तर्राष्ट्रिय सम्मेलनसम्म आयोजना गर्न सकिने गरी निर्माण गरिएको रामालयले नेपाली इभेन्ट उद्योगमा नयाँ अवधारणा प्रस्तुत गर्ने लक्ष्य राखेको छ । आधुनिक वास्तुकला र प्राकृतिक हरियालीको निरूपण करीब ३३ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको रामालय आधुनिक वास्तुकलासँगै प्रकृतिको हरियालीलाई संयोजन गरी निर्माण गरिएको छ । शहरको व्यस्त वातावरणबीचमा रहेको भए पनि भेन्यूभित्र प्रवेश गरेपछि शान्त र खुला रिसोर्टजस्तो वातावरणको अनुभूति हुने गरी यसको डिजाइन गरिएको छ ।
रामालयको मुख्य विशेषता एलईडी सिलिङ प्रणाली, इन्टेलिजेन्ट तथा हाइड्रोलिक लाइटिङ, व्यावसायिक स्तरको साउन्ड सिस्टम, स्वचालित ‘मुड सेटिङ’ जोन र मनमोहक इन्टेरियर डिजाइन हुन् । यी सबै सुविधाले यहाँ आयोजना हुने कार्यक्रमलाई आकर्षक र स्मरणीय बनाउने सञ्चालकको विश्वास छ । स्टेजको आकार परिवर्तन गर्न सकिने सुविधा मुख्य हल करिब ८ हजार वर्गफिट र आउटडोर क्षेत्र ९ हजार वर्गफिटमा फैलिएको छ । आवश्यकताअनुसार स्टेजको आकार घटाउन वा बढाउन सकिने व्यवस्था गरिएको छ । उच्चस्तरीय बार, अपाङ्गता मैत्री पहुँच, चेन्जिङ रुम र पर्याप्त पार्किङले विभिन्न प्रकारका कार्यक्रम संचालनलाई सहज बनाएको छ ।
रामालयको अर्को विशेषता भनेको सवारी साधनलाई नै स्टेजसम्म पुर्याउन मिल्ने संरचना हुनु हो । सञ्चालक खुश्बु ओझाका अनुसार चार पाङ्ग्रे गाडी, मोटरसाइकल तथा अन्य हलुका सवारी साधनलाई स्टेजमै राखेर प्रडक्ट लन्च गर्न सकिने गरी भेन्यू निर्माण गरिएको छ । नेपालमा यस प्रकारको सुविधा दिने स्थल अत्यन्तै सीमित रहेको उनको भनाइ छ । अघिल्लो अनुभवमा रामबाग महल र उत्सव कुञ्जजस्ता इभेन्ट स्थलहरूको व्यवस्थापन गरिसकेकी ओझाले नेपालमा अन्तर्राष्ट्रियस्तरको कर्पोरेट इभेन्ट आयोजना गर्न उपयुक्त स्थलको अभाव महसुस गरेपछि रामालय सञ्चालनमा ल्याएको बताइन् ।
सुरक्षा प्राथमिकतामा राखिएको छ उनका अनुसार नेपालका पाँचतारे होटलका ब्यांक्वेट हलमा नभएका केही प्रविधि र पूर्वाधार समावेश गरेर रामालय निर्माण गरिएको छ । त्यसैले सम्मेलन, गोष्ठी, सेमिनार, फेसन शो, ब्युटी प्याजेन्ट, कन्सर्ट, चलचित्र प्रिमियर, शैक्षिक कार्यक्रमदेखि शुभमुहूर्तसम्म विभिन्न कार्यक्रमहरू यहाँ आयोजना गर्न सकिन्छ । रामालयले सुरक्षालाई विशेष प्राथमिकतालाई राखेको छ । मुख्य प्रवेशद्वार बाहेक पछाडि बाट पनि सहज आवतजावत गर्न सकिने प्रबन्ध गरिएको छ । आकस्मिक अवस्थामा ३० सेकेन्डदेखि एक मिनेटभित्र अतिथिलगायत सहभागीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न मिल्ने आपतकालीन निकासको डिजाइन गरिएको संचालकले जानकारी दिइन् ।
आरजी क्रियसन्सको कन्सेप्ट र निर्माण रामालयको अवधारणा, डिजाइन र निर्माण आरजी क्रियसन्सले गरेको हो । इभेन्ट स्थल निर्माणमा अनुभव र नवीन डिजाइनका कारण नयाँ मापदण्ड स्थापना गरेको आरजी क्रियसन्सले रामालयलाई विशेष पहिचान दिन सफल भएको उनी बताउँछिन् । डेस्टिनेसन वेडिङलाई लक्षित गरी निर्माण गरिएको रामालयले विशेष गरी भारत लगायत छिमेकी मुलुकबाट आउने विवाह समारोहका आयोजकलाई पनि आकर्षित गर्ने अपेक्षा गरिएको छ । एकैपटक करिब दुई हजार जनासम्म सहभागी हुने कार्यक्रम आयोजना गर्न सकिने क्षमता भएको यस स्थलमा हाल दैनिक १०–१५ जना अवलोकनका लागि आउने गरेका छन् । सञ्चालकका अनुसार स्थलको सुविधा र संरचना अवलोकन गरेपछि अधिकाँश आगन्तुकले कार्यक्रम बुक गर्ने गरेका छन् । आधुनिक प्रविधि, लचिलो संरचना, प्राकृतिक वातावरण, सुरक्षा र अन्तर्राष्ट्रियस्तरको सुविधा एउटै स्थानमा उपलब्ध गराउने प्रयाससहित सञ्चालनमा आएको रामालयले नेपालको इभेन्ट उद्योगमा नयाँ मापदण्ड स्थापना गर्ने अपेक्षा राखिएको छ ।






