Skip to main content

क्राइमियामा युक्रेनको तीव्र आक्रमण, २५ जहाजमा आगलागी

युक्रेनले क्राइमियामा समुद्री आपूर्ति मार्गहरूलाई लक्षित गर्दै ‘लजिस्टिक लकडाउन’ नामक नयाँ सैन्य अभियान तीव्र पारेको छ। युक्रेनी ड्रोन कमाण्डर रोबर्ट ब्रोवदीले चार दिनमा आजोभ सागरमा रुसी स्वामित्वका २५ जहाजमा क्षति पुर्‍याइएको र ती जहाजमा आगो लागेको बताएका छन्। युक्रेनी सेनाले अहिलेसम्म ३६ वटा रुसी जहाजलाई निशाना बनाएको दाबी गरेको छ, जसले रुसको नौसैनिक क्षमता र इन्धन आपूर्ति प्रणालीमा गम्भीर प्रभाव पारेको छ।

युक्रेनको सेनाले रुसको कब्जामा रहेको क्राइमिया वरपर आफ्ना आक्रमण तीव्र बनाएको छ। क्राइमियालाई रुससँग जोड्ने सडक मार्गमा आक्रमण गरेपछि युक्रेन अहिले समुद्री आपूर्ति मार्गहरूमा पनि लक्षित छु्ट्याएको छ। युक्रेनको ड्रोन फोर्सका कमाण्डर रोबर्ट ब्रोवदीले पछिल्लो चार दिनमा आजोभ सागरमा कम्तीमा २५ वटा जहाजलाई निशाना बनाइएको र ती जहाजमा आगो लागेको बताए। आजोभ समुद्र केर्च स्ट्रेटबाट ब्ल्याक समुद्रसँग जोडिएको छ।

यस छोटो अवधिमा भएको क्षतिलाई रुसको नौसैनिक क्षमतामा ठूलो धक्का मानिएको छ। यसले राष्ट्रपति भ्लादिमिर पुटिनको इन्धन आपूर्ति दावीमा पनि प्रभाव पार्न सकेको छ। ती आक्रमणहरूलाई युक्रेनको अभियानको नयाँ चरण मानिएको छ। युक्रेनले यो अभियानलाई ‘लजिस्टिक लकडाउन’ नाम दिएको छ। यस अभियानको उद्देश्य रुसको कब्जामा रहेको क्राइमियासँग जोडिएका आपूर्ति र यातायात मार्गहरू बन्द गर्नु हो। युक्रेनको सेनाले अहिलेसम्म ३६ वटा जहाजलाई निशाना बनाएको दाबी गरेको छ। तीमध्ये धेरैजसो रुसी स्याडो फ्लीटमा रहेका व्यावसायिक तेल ट्याङ्करहरू हुन्। जहाजहरूको सही संख्या हालसम्म स्पष्ट छैन।