Skip to main content

जोकोभिचलाई पराजित गर्दै सिनर विम्बल्डन फाइनलमा प्रवेश

साविक विजेता यानिक सिनरले सात पटकका विजेता नोभाक जोकोभिचलाई सोझो सेटमा पराजित गर्दै विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन्। सिनरले जोकोभिचलाई ६-४, ६-४ र ६-४ को सेटमा हराउँदै अस्ट्रेलियन ओपनको हारको बदला लिएका छन्। अब सिनरले उपाधिका लागि अलेक्जेन्डर जेभेरेभसँग प्रतिस्पर्धा गर्नेछन्।

२६ असार, काठमाडौं। शुक्रबार राति सम्पन्न सेमिफाइनलमा सिनरले जोकोभिचलाई हराए। यी दुई खेलाडीले यसअघि अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा पनि प्रतिस्पर्धा गरेका थिए, जहाँ जोकोभिच विजयी भएका थिए। सिनरले त्यस हारको बदला चुकाएका छन्। आजको खेलमा सिनरले आफ्नो सर्भिस तीनै सेटमा कुनै गेम गुमाएनन्।