एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले सिंगापुरलाई १५१ रनको फराकिलो अन्तरले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ। नेपालले दिएको २०० रनको लक्ष्य पछ्याउंदै सिंगापुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर केवल ४८ रन बनाउन सक्यो। ब्याटिङतर्फ, सना प्रवीणले अविजित ९८ तथा साबित्री धामीले ७४ रन बनाएपछि नेपालले क्वाटरफाइनल पुग्ने यात्रा थप सशक्त बनाएको छ। २८ असार, काठमाडौं।
समूह ‘डी’ अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा नेपालले सिंगापुरमाथि १५१ रनको निर्णायक जित निकाल्यो। सिंगापुरका लागि अंकितावर्षा राजले सर्वाधिक १९ रन बनाइन्। नेपालका लागि अनु कडायतले ४ ओभरमा मात्र ४ रन खर्च गर्दै ३ विकेट लिएँ। मनिषा उपाध्याय र रिया शर्माले २-२ विकेट लिए भने कप्तान सोनी पाख्रिनले १ विकेट लिए।
नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा कुनै विकेट गुमाइन र १९९ रन बनायो। ओपनर सना प्रवीणले सर्वाधिक ९८ रन अविजित बनाइन् भने अर्की ओपनर साबित्री धामीले ७४ रन जोडेकी थिइन्। अब नेपालको समूह चरणको अन्तिम खेल हङकङसँग हुनेछ। हङकङले यसअघि सिंगापुरलाई पराजित गरिसकेको छ भने कतारले हङकङलाई हराइसकेको छ।






