Skip to main content

फिफा विश्वकप सेमिफाइनलमा पुगेका चार फुटबल शीर्ष टोलीहरू

फ्रान्स, स्पेन, इङ्गल्यान्ड र अर्जेन्टिना। यी चार टोली विश्वकप विजेता हुन्। यी टोलीहरूमा विश्व फुटबलका उत्कृष्ट खेलाडीहरू छन् र अहिले यी टोलीहरू उपाधिबाट केवल दुई जित टाढा छन्। फिफा विश्वकप २०२६ को सेमिफाइनलमा साविक विजेता अर्जेन्टिना, फ्रान्स, स्पेन र इङ्गल्यान्डले स्थान सुरक्षित गरेका छन्। पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्नेछन् भने दोस्रो सेमिफाइनलमा इङ्गल्यान्ड र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ। २८ असार, काठमाडौं। ४८ टोलीबाट सुरु भएको फिफा विश्वकप २०२६ अब अन्तिम चार टोलीमा प्रवेश गरेको छ। एक महिनाभन्दा लामो प्रतिस्पर्धा, दर्जनौं रोमाञ्चक खेल र धेरै अनपेक्षित परिणामपछि फ्रान्स, स्पेन, इङ्गल्यान्ड र साविक विजेता अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएका छन्। क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्‍यो भने स्पेनले बेल्जियमलाई २–१ ले हरायो। इङ्गल्यान्डले अतिरिक्त समयमा नर्वेलाई २–१ ले परास्त गर्‍यो भने अर्जेन्टिनाले पनि अतिरिक्त समयसम्म पुगेको खेलमा स्विट्जरल्यान्डलाई ३–१ ले हरायो। अब, पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्नेछन् भने दोस्रो सेमिफाइनलमा इङ्गल्यान्ड र अर्जेन्टिना प्रतिस्पर्धा गर्नेछन्। यी चारै टोलीले पहिले नै विश्वकप जितिसकेका छन्। फ्रान्स तेस्रो पटक, स्पेन र इङ्गल्यान्ड दोस्रो पटक र अर्जेन्टिना चौथो पटक उपाधि खोज्दै छन्।