Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

कुवेत र इराकमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन दूतावासको आग्रह

Advertisement800×200-1

कुवेतस्थित नेपाली दूतावासले कुवेत र इराकमा रहेका नेपालीलाई स्थानीय सुरक्षा अवस्थाका कारण उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। दूतावासले हवाई आक्रमण वा प्रतिरक्षा गतिविधिका तस्विर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक नगर्न विशेष अनुरोध गरेको छ। कुनै शंकास्पद वस्तु नजिक नजान र साइरन बजे सुरक्षित भवनभित्र आश्रय लिन दूतावासले नेपाली समुदायलाई निर्देशन दिएको छ।

२८ असार, काठमाडौं। कुवेतस्थित नेपाली दूतावासले कुवेत तथा इराकमा रहेका नेपालीलाई स्थानीय सुरक्षा अवस्था ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। दूतावासले जारी गरेको सूचना मार्फत कुवेत र इराकका आधिकारिक निकायबाट जारी हुने निर्देशन तथा सूचना पूर्णपालना गर्न नेपाली समुदायलाई अनुरोध गरिएको हो।

साथै, सामाजिक सञ्जालमा अपुष्ट तथा भ्रामक सूचना साझा नगर्न र सरकारी निकायले प्रतिबन्ध लगाएका गतिविधिमा संलग्न नहुन पनि आग्रह गरिएको छ। दूतावासले आकाशमा देखिने कुनै पनि हवाई आक्रमण, प्रतिरक्षा गतिविधि वा त्यस्ता घटनासँग सम्बन्धित तस्विर तथा भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक नगर्न विशेष अनुरोध गरेको छ।

यस्ता विषयमा कुवेत सरकारले जारी गरेका नियम तथा निर्देशन पालना गर्नुपर्ने सूचनामा उल्लेख छ। त्यसैगरी, कुनै पनि शंकास्पद वा अपरिचित वस्तुको नजिक नजान तथा साइरन बजे बाहिर रहेका व्यक्तिले नजिकको भवनभित्र आश्रय लिन र भवनभित्र रहेका व्यक्तिले सुरक्षित स्थानमै बस्न दूतावासले आग्रह गरेको छ। यद्यपि, सिसा भएका झ्याल वा बार्दली नजिक भने नबस्न सचेत गराइएको छ। कुवेतमा रहेका नेपालीलाई कन्सुलर सेवा वा अन्य सहयोग आवश्यक परे नेपाली दूतावाससँग सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर