Skip to main content

सरकारको नगद मौज्दात ४ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुर्याएको छ

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा सरकारी ढुकुटीमा ४ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ नगद मौज्दात रहेको छ। गत आर्थिक वर्षको असार मसान्तको तुलनामा सरकारको नगद मौज्दात २ खर्ब ८० अर्ब ७६ करोड रुपैयाँले वृद्धि भएको तथ्यांकले देखाएको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा १ खर्ब ३७ अर्ब ७८ करोड रुपैयाँमात्र रहेको सरकारी मौज्दात अहिले करिब तीन गुणाले बढेको छ।

२९ असार, काठमाडौं। सरकारको ढुकुटीमा ४ खर्ब १८ अर्ब रुपैयाँभन्दा बढी नगद मौज्दात रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्ष ११ महिना (२०८३ जेठ मसान्त) सम्म सरकारको खातामा उक्त रकम जम्मा भएको हो। अघिल्लो आव अन्तिमको तुलनामा सरकारी खातामा रहेको यो मौज्दात करिब तीन गुणाले बढी हो।

राष्ट्र बैंकका अनुसार २०८३ जेठ मसान्तसम्म केन्द्रीय बैंकमा रहेका नेपाल सरकारका विभिन्न खातामा ४ खर्ब १८ अर्ब ५४ करोड नगद मौज्दात छ। २०८२ असार मसान्तमा यस्तो मौज्दात कुल १ खर्ब ३७ अर्ब ७८ करोडमात्र थियो। ११ महिना अवधिमै सरकारको नगद मौज्दातमा २ खर्ब ८० अर्ब ७६ करोड रुपैयाँले वृद्धि भएको छ।