विश्वकपमा सहभागिता जनाएर नर्वेको राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ। यस क्रममा चर्चित खेलाडी एर्लिङ होलानले एउटा अस्वाभाविक वस्तु बोकेर विमानबाट ओर्लिएको देखियो। होलानले ‘ट्याक्सीडर्मी’ गरिएको एउटा र्याकूनलाई उपहारस्वरूप लिएर आएका छन्। सो कोसेलीको मूल्य ७५० अमेरिकी डलर रहेको जनाइएको छ।
क्वार्टरफाइनलसम्म पुगेको नर्वेली टोलीलाई राजधानी ओस्लोस्थित विमानस्थलमा स्वागत गर्न हजारौं मानिसहरूको भीड लागेको थियो।






