Skip to main content

कानुनविपरीत ८० वर्षका महेश्वरभक्त श्रेष्ठलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त

सरकारले नेपाल वायुसेवा निगमको अध्यक्ष तथा महाप्रबन्धकको पदमा ८० वर्षका महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गरेको छ। कार्यविधिअनुसार कार्यकारी प्रमुखको उमेर ६५ वर्ष ननाघेको हुनुपर्ने भए तापनि सरकारले विपरित रुपमा श्रेष्ठलाई जिम्मेवारी दिएको छ। यसअघि सर्वोच्च अदालतले श्रेष्ठसहितका सञ्चालकहरूको नियुक्ति खारेज गरेको थियो भने अहिले मन्त्रिपरिषद्ले उनलाई पुनः कार्यकारी जिम्मेवारी तोकेको छ।

३० असार, काठमाडौं। सरकारले कानुनविपरीत ८० वर्षका वरिपरि महेश्वरभक्त श्रेष्ठलाई नेपाल वायुसेवा निगमको अध्यक्ष तथा महाप्रबन्धक नियुक्त गरेको छ। २०४९ सालमा तत्कालीन सरकारले ‘कुडाकर्कट सफाइ अभियान’ अन्तर्गत व्यापक कर्मचारी कटौती गर्दा वायुसेवा निगमबाट श्रेष्ठको पनि जागिर गएको थियो, जब उनी निगमको कर्पोरेट डाइरेक्टर थिए। निगमबाट अवकाश पाएको ३४ वर्षपछि ८ दशकको उमेरमा श्रेष्ठलाई अहिलेको सरकारले निगमको जिम्मेवारी सुम्पेको छ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार पर्यटन मन्त्रालयको प्रस्तावमा श्रेष्ठलाई निगमको कार्यकारी भूमिका दिइएको हो। निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकमा श्रेष्ठको नियुक्ति सरकारको कार्यविधि विपरीत रहेको छ। पर्यटन मन्त्रालय सम्बन्धित ‘सार्वजनिक निकायका सदस्य तथा पदाधिकारी नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३’ अनुसार कुनै निकायको कार्यकारी प्रमुख नियुक्त हुने व्यक्तिको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्छ।

नेपाल वायुसेवा निगम ऐनमा कार्यकारी प्रमुखको उमेरसम्बन्धी केही उल्लेख नभएकाले कार्यविधिमा उल्लिखित व्यवस्था लागू हुने एक कानुन व्यवसायीले बताएका छन्। तर, कार्यविधि विपरीत गरी श्रेष्ठलाई कार्यकारी निर्देशकको जिम्मा दिइएको छ। यसअघि सर्वोच्च अदालतले नियुक्ति खारेज गरिएका पाँच सञ्चालकमा श्रेष्ठ पनि थिए। पर्यटन मन्त्रालयका अनुसार ३१ वैशाखमा निगममा ५ जना सञ्चालक समिति सदस्य नियुक्त गरिएको थियो, जुन नियुक्ति सर्वोच्चले बदर गरेको थियो। तीमध्ये श्रेष्ठ पनि रहेका थिए। सरकारले छनोट समितिको सिफारिसको आधारमा नभई आफूखुसी छनोट गरी नियुक्ति गरेको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो।

सबैभन्दा पहिलो सिफारिसमा रहेका उपेन्द्रबहादुर कार्कीले दिएको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले नियुक्ति बदर गरेको थियो। तर योग्यता सूचीका पाँच जनालाई सरकारले हालै सञ्चालक नियुक्त गर्‍यो र ती मध्ये श्रेष्ठलाई कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारी दिइएको छ, पर्यटन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले बताए।

‘वायुसेवा निगम ऐनमा सञ्चालक तथा कार्यकारी प्रमुखको नियुक्ति बारे उमेरसम्बन्धी कुनै स्पष्ट उल्लेख छैन। त्यसैअनुसार उनीहरू सञ्चालक नियुक्त भएका छन्। निगममा महाप्रबन्धकको पद खाली भएकाले सञ्चालकमध्येबाट उनलाई कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारी दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो,’ प्रवक्ता आचार्यले भने।

श्रेष्ठ को हुन्?
देशको नागरिक उड्डयन क्षेत्रमा श्रेष्ठको ५ दशकमाथिको अनुभव छ। वायुसेवा निगममा दुई दशकभन्दा बढी काम गरिसकेको उनी २०४९ सालमा सरकारले हटाउँदा १०औं तहका कर्पोरेट डाइरेक्टर थिए। अहिले निगममा नियमित सेवामा उनी अवकाश पाएपछि प्रवेश गरेका कर्मचारी मात्र कार्यरत छन्, किनभने निगममा ३० वर्ष सेवा गरेपछि वा ५८ वर्ष उमेर पुगेका कर्मचारी नियमित अवकाशमा जान्छन्। तर श्रेष्ठले निगमबाट अवकाश पाएको ३४ वर्ष बितिसकेको छ। त्यसपछि उनी परामर्शदाताका रूपमा सक्रिय थिए।

श्रेष्ठले सन् २००० मा ‘नेप्लिज एभिएसन एन्ड टुरिज्म’ भन्ने शीर्षकमा पुस्तक लेखेका थिए। केही समयअघि सम्म पनि उनले नेपाल नागरिक उड्डयन प्राधिकरणको क्षमता विकास कार्यक्रममा परामर्शदाताका रूपमा काम गरेका थिए। उनी निगमलाई अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक ठूलो जहाज (बोइङ) खरिद गर्न प्रस्ताव तयार गर्दै थिए। बोइङ खरिद योजनामा उनको सहभागिता कम्तीमा पनि साढे चार दशक पुरानो कुरा हो।