Skip to main content

फ्रान्स र स्पेनबीच पहिलो सेमिफाइनल खेल सुरु

अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेलमा फ्रान्स र स्पेनको टक्कर भैरहेको छ। फ्रान्स लगातार तेस्रो पटक फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा छ भने स्पेन १६ वर्षपछि विश्वकप उपाधि कब्जा गर्न प्रयासरत छ।

फ्रान्सले क्वाटरफाइनलमा मोरोक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान हासिल गरेको थियो। समूह चरणमा सेनेगल, इराक र नर्वेलाई पराजित गर्दै समूह विजेता बनेको फ्रान्सले अन्तिम १६ मा स्वीडेन र पाराग्वेलाई पनि हराएका थिए।

स्पेनको यात्रा सुरुवाती चरणमा अपेक्षाअनुसार नरहेको थियो। पहिलो खेलमा केप भेर्डेसँग गोलरहित बराबरी खेलेपछि प्रश्‍नहरु उठेका थिए। तर त्यसपछि स्पेनले साउदी अरवलाई ४–० र उरुग्वेलाई १–० को जित निकाल्दै समूह विजेता बनेको थियो। क्वाटरफाइनलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेनले सेमिफाइनलमा प्रवेश गरेको हो।