सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज आफ्ना मन्त्रिपरिषद्मा रहेका नेकपा एमालेका सबै मन्त्रीहरूलाई बर्खास्त गरेका छन्। मुख्यमन्त्री शाहले सत्ता समीकरणमा भएको परिवर्तनका लागि मन्त्रिपरिषद् पुनर्गठन गर्ने उद्देश्यले एमालेका मन्त्रीहरूलाई पदमुक्त गरेका हुन्। १३ असारमा लिइएको यस निर्णयसँगै सुदूरपश्चिम सरकारबाट एमाले औपचारिक रूपमा बाहिरिएको छ। १३ असार, धनगढी।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेको जानकारी दिएका छन्। यसअघि मुख्यमन्त्री शाहले सरकार छाड्ने वा बस्ने निर्णय तत्काल दिन एमालेलाई अनुरोध गरेका थिए। मुख्यमन्त्रीको यो अनुरोधपछि एमाले नेताहरू आन्तरिक छलफलमा थिए। यदि एमालेको साथ नपाए के गर्ने भन्ने विषयमा मुख्यमन्त्री स्वयं पनि छलफलमा थिए। एमालेबाट साथ नपाउने जानकारी पाएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्ने निर्णय गरेका हुन्।






