Skip to main content

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा बुधबार काठमाडौंको नयाँ बानेश्वरस्थित आनन्दभूमि बिजनेस सेन्टरमा सम्पन्न भएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताले उक्त सभाको उद्घाटन गर्नुभएको छ। कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ, शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंहलगायतको उपस्थिति रहेको थियो।

साधारण सभामा आर्थिक तथा प्रगति प्रतिवेदन, आगामी योजना, नीतिगत प्रस्ताव तथा संगठनको भावी कार्यदिशामाथि विस्तारपूर्वक छलफल गरी आवश्यक निर्णयहरू सर्वसम्मत रूपमा पारित गरिएको छ। उद्घाटन समारोहमा विभिन्न राष्ट्रिय खेल संघका प्रतिनिधिहरू, नेपाल ब्याडमिन्टन संघका पदाधिकारी तथा बोर्ड सदस्यहरू, चार प्रदेश ब्याडमिन्टन संघका प्रतिनिधिहरू र ४१ जिल्ला संघका सदस्यहरूको उपस्थिति रहेको ब्याडमिन्टन संघले जानकारी दिएको छ।