Skip to main content

टिपरको ठक्करबाट ७० वर्षीया पैदलयात्रीको मृत्यु

मोरङको केराबारीमा टिपरको ठक्करबाट सडकमा हिँडिरहेकी ७० वर्षीया विष्णुमाया मगरको उपचारका क्रममा मृत्यु भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार, केराबारी गाउँपालिका–५ शान्ति चोकस्थित सडकमा केराबारीबाट धरानतर्फ जाँदै गरेको को१ख ६७९० नम्बरको टिपरले ठक्कर दिँदा पैदलयात्री मगरको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी मगरको घोपा धरान अस्पतालमा उपचारका क्रममा निधन भएको हो। प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ र दुर्घटनासम्बन्धी आवश्यक अनुसन्धान गरिरहेको छ।

त्यस्तै, सुनसरीको इनरुवा नगरपालिका-८ खोरियाटोलस्थित पुथौधारा खोलामा डुबेर १४ वर्षीया कृष्ण साहको मृत्यु भएको छ। नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने सूचना पाएकै आधारमा प्रहरीले खोजी जारी राख्दा उनको शव फेला परेको हो। यस घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको छ।