Skip to main content

युक्रेनको किभमा रुसको अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण

३ साउन, काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्रहरूको ठूलो श्रृंखलाबद्ध आक्रमण गरेको छ। यो रुस र युक्रेनबीचको युद्ध सुरु भएयता अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण हो। यस आक्रमणमा हालसम्म एक जनाको मृत्यु भइसकेको छ भने कम्तीमा १४ जना घाइते भएका छन्। शनिबार रातभर किभ क्षेत्रमा विभिन्न स्थानहरूमा आक्रमण जारी रह्यो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको यो आक्रमणलाई 『किभमाथिको सबैभन्दा ठूलो ब्यालिस्टिक आक्रमणमध्ये एक』को रूपमा व्याख्या गरेका छन्।

प्रहार गरिएका ४१ वटा क्षेप्यास्त्रमध्ये १८ वटा खसालेको र १०८ वटा ड्रोनहरु युक्रेनी सेनाले अवरोध गरेको दाबी गरिएको छ। युक्रेनी वायुसेनाका अनुसार किभमाथिको पछिल्लो आक्रमणमा इस्कान्देर र हाइपरसोनिक जिर्कोन क्षेप्यास्त्रसहित विभिन्न रूसी हतियार प्रणालीहरु र १२५ वटा ड्रोनहरू प्रयोग गरिएको थियो। किभका मेयर भिताली क्लिच्कोले आइतबार आवासीय तथा गैर-आवासीय भवनहरूमा क्षति पुगेको, जसमा सुपरमार्केट र छात्रावास पनि समावेश रहेको बताएका छन्।

दमकलकर्मीहरू दुईवटा गोदाममा लागेको आगो निभाउन सक्रिय छन्। टेलिग्राममार्फत जारी सन्देशमा जेलेन्स्कीले गत एक हप्तामा रुसले युक्रेनविरुद्ध करिब १ हजार ४ सय ५० आक्रमणकारी ड्रोन, १ हजार ६ सय ४० भन्दा बढी निर्देशित बम, र ९९ विभिन्न प्रकारका क्षेप्यास्त्रहरू प्रहार गरेको जानकारी दिएका छन्। युक्रेनले रुसकै सबैभन्दा ठूलो अनलाइन खुद्रा कम्पनी वाइल्डबेरीजका दुईवटा गोदामहरूमा ड्रोन आक्रमण गरेपछि रुसले आइतबार जवाफी आक्रमण गरेको हो। (एजेन्सी)