Skip to main content

संखुवासभामा ज्येष्ठ नागरिकलाई घरमै लालपुर्जा वितरण

संखुवासभाको चैनपुर नगरपालिका–१० मा अशक्त तथा वृद्धजेष्ठलाई घरमै जगेधनी पूर्जा वितरण गरिएको छ। विशेष नापी कार्यालय चैनपुरले द्वन्द्वकालमा अभिलेख नष्ट भएका जग्गाधनीहरूलाई कानुनी प्रक्रिया पूरा गरी लालपुर्जा प्रदान गरेको छ। कार्यालय प्रमुख हरिशरण नेपालले सेवाग्राहीको सहजताको लागि गाउँमै पुगेर पूर्जा हस्तान्तरण गर्ने प्रतिबद्धता अनुसार काम गरिएको बताएका छन्। ३ साउन, संखुवासभा।

चैनपुर नगरपालिका–१० मा अशक्त ज्येष्ठ नागरिक र वृद्धवृद्धालाई घरमै पुगेर लालपुर्जा प्रदान गरिएको हो। विशेष नापी कार्यालय चैनपुरले नक्सा नपुगेका चैनपुर–१० का अशक्त ज्येष्ठ नागरिक र वृद्धवृद्धालाई घरमै जाती लालपुर्जा वितरण गरेको हो। द्वन्द्वकालमा अभिलेख जलेर नष्ट भएका चैनपुर नगरपालिका–१० का अशक्त ज्येष्ठ नागरिक र वृद्धवृद्धालाई नापनक्सा र कानुनी प्रक्रिया पुरा गरेपछि घरमै पुगेर लालपुर्जा वितरण गरिएको छ।

अशक्त ज्येष्ठ नागरिक तथा वृद्ध वृद्धाहरूलाई जग्गाधनी पूर्जा घरमै दिइने प्रतिबद्धता बमोजिम चैनपुर–१० का विभिन्न गाउँबस्तीमा पुगेर पूर्जा हस्तान्तरण गरिएको विशेष नापी कार्यालय चैनपुरका प्रमुख हरिशरण नेपालले जानकारी दिएका छन्। वृद्धवृद्धा र अशक्त ज्येष्ठ नागरिक सेवाग्राहीलाई कार्यालयसम्म आउन असजिलो हुने भएकाले गाउँमै पुगेर लालपुर्जा वितरण गरिएको उनका भनाइ छ।

चैनपुर–१० तोरीबारीका ९४ वर्षीय गणेशबहादुर भण्डारी, हातिसुडेका ९० वर्षीय धनबहादुर दर्जी, ८४ वर्षीया बुद्धिमाया जिमी, सल्लेरीका ८० वर्षीय वृद्धिमाया राई, खराङका ८७ वर्षीय निरप्रसाद काफ्ले, ७५ वर्षीय भरत शाक्य र ७३ वर्षीया चन्द्रमाया तामाङलाई घरमै पुगेर लालपुर्जा प्रदान गरिएको नेपालले बताएका छन्।

१४ वैशाख २०५९ सालमा तत्कालीन माओवादी द्वन्द्वका क्रममा चैनपुरस्थित नापी तथा मालपोत कार्यालयमा आगजनी हुँदा जिल्लाका चार स्थानीय तहका दर्ता श्रेष्ठा (मोठ) र अन्य महत्वपूर्ण अभिलेखहरू जलेर नष्ट भएका थिए। १३ माघ २०७६ सालको मन्त्रिपरिषद्को निर्णयले पुनः नापजाँच गरी त्यसको पुनःस्थापना गर्नका लागि विशेष नापी कार्यालय चैनपुर स्थापना गरिएको थियो। विशेष नापी कार्यालयले २ वटा नापी टोलीमार्फत चैनपुर नगरपालिका क्षेत्रमा नाप नक्सा तथा जग्गा दर्ताको कार्य सम्पन्न गरेको छ।