Skip to main content

फिफा विश्वकपको उपाधि प्रतियोगिता आजदेखि सुरु

अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा फिफा विश्वकप २०२६ को फाइनल खेल सुरु भएको छ। गत विजेता अर्जेन्टिना र स्पेन एक अर्काको सामना गरिरहेका छन्। सन् २०१० पछि पहिलो पटक फाइनलमा पुगी रहेको स्पेन दोस्रो पटक विश्व च्याम्पियन बन्ने लक्ष्यसहित मैदानमा आएको छ। लगातार दोस्रो पटक विश्वकप जित्ने प्रयासमा रहेको अर्जेन्टिनाले नकआउट चरणका चुनौतीपूर्ण खेलमा उत्कृष्ट पुनरागमन गर्दै फाइनल यात्रा तय गरेको हो।

युरोपियन च्याम्पियन स्पेनले सेमिफाइनलमा उपाधिका ठूला दावेदार फ्रान्सलाई प्रभावकारी रूपमा नियन्त्रण गर्दै फाइनलको यात्रा सुनिश्चित गरेको थियो। लामो समय बल नियन्त्रणमा राख्ने र सटिक फिनिसिङका कारण स्पेन प्रतियोगिताकै सबैभन्दा सन्तुलित टोलीको रूपमा देखिएको छ। तर समूह ‘एच’ को शुरुवात सहज रहेन। केप भर्डेसँग गोलरहित बराबरी खेल्दा सबैलाई आश्चर्यमा पर्‍यो, त्यसपछि साउदी अरेबियालाई ४–० र उरुग्वेलाई १–० ले पराजित गर्दै समूह विजेता बन्न सफल भयो।

त्यसपछिका चरणहरूमा स्पेनले अन्तिम ३२ मा अस्ट्रियालाई ३–० ले हरायो भने अन्तिम १६ मा पोर्चुगल र क्वार्टरफाइनलमा बेल्जियमलाई मिकेल मेरिनोको निर्णायक गोलहरूको सहयोगमा पराजित गर्‍यो। प्रतियोगिताभरि स्पेनले केवल एक गोल मात्रै बेहोरेको छ। सन् २०१० पछि पहिलो पटक विश्वकपको फाइनल खेल्दै स्पेन आफ्नो दोस्रो विश्व च्याम्पियनशिप जित्ने लक्ष्यमा छ।

कोपा अमेरिका विजेता र विश्वकपको डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको यात्रा स्पेनको तुलनामा धेरै चुनौतीपूर्ण रह्यो। मेसीको कप्तानीमा अर्जेन्टिनाले समूह चरणका सबै तीन खेल जित्यो। अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक, अस्ट्रिया विरुद्ध दुई गोल र जोर्डनविरुद्ध उत्कृष्ट प्रदर्शनले समूह चरण सफलता हासिल गर्‍यो। तर नकआउट चरणमा प्रत्येक खेलमा अर्जेन्टिनाले संघर्ष गर्नुपर्‍यो।

अन्तिम ३२ मा केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले हराउँदै अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टविरुद्ध ७९औं मिनेटमा २–० ले पछि परेको अवस्था उल्ट्याउँदै ऐतिहासिक पुनरागमन गर्‍यो। क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा पराजित गर्‍यो भने सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध पनि पुनरागमन गर्दै फाइनल यात्रा सुनिश्चित गर्‍यो। एन्थोनी गोर्डनको गोलले पछि परेको अवस्था उल्ट्यायो र एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई लगातार दोस्रो फाइनलमा पुर्‍याए। अर्जेन्टिना लगातार दुई विश्वकप जित्ने लक्ष्यसहित मैदानमा छ।