Skip to main content

हायर कमान्ड तालिम सम्पन्न, महासेनानी बज्राचार्य सर्वोत्कृष्ट विद्यार्थी अधिकारी घोषित

नेपाली सैनिक वार कलेजमा सञ्चालित १४औँ हायर कमान्ड तथा म्यानेजमेन्ट तालिम प्रधानसेनापति अशोकराज सिग्देलको उपस्थितिमा मंगलबार सम्पन्न भएको छ। महासेनानी दर्जाका ३५ जना शिक्षार्थी सहभागी उक्त तालिममा महासेनानी प्रशान्त बज्राचार्य सर्वोत्कृष्ट विद्यार्थी अधिकारी घोषित भएका छन्। नेपाली सेनामा २०७१ सालदेखि सुरु भएको यस उच्च स्तरीय तालिमबाट हालसम्म ४१० जना अधिकृत दीक्षित भइसकेका छन्।

५ साउन, काठमाडौं। नेपाली सैनिक वार कलेजमा गत १५ चैतदेखि सुरु भएको हायर कमान्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न भएको हो। सिसं. १४ हायर कमान्ड तथा म्यानेजमेन्ट तालिम आज मंगलबार प्रधानसेनापति अशोकराज सिग्देलको उपस्थितिमा सम्पन्न भएको हो। तालिममा महासेनानी दर्जाका ३५ जना शिक्षार्थीहरूको सहभागिता थियो।

समापन कार्यक्रममा तालिम प्रमुख शिक्षक उपरथी मधुकर सिंह कार्कीले स्वागत मन्तव्य राखेका थिए। महासेनानी प्रशान्त बज्राचार्य सर्वोत्कृष्ट विद्यार्थी अधिकारी घोषित भएका थिए। सर्वोत्कृष्ट शोधपत्र पुरस्कार महासेनानी प्रकाश थापाले प्राप्त गरेका थिए।

नेपाली सेनामा सञ्चालन हुने सबैभन्दा उच्च स्तरको तालिम हो हायर कमान्ड। नेपाली सेनामा २०७१ सालदेखि यो तालिम सञ्चालन हुँदै आएको छ। अहिलेसम्म ४१० जना यो तालिमबाट दीक्षित भएका छन्।