Skip to main content

‘बोक्सी’ को आरोप खेप्दै सर्पको विषबाट अरूलाई जोगाउने अभियानमा ‘स्नेक गर्ल’

‘बोक्सी’ को आरोप खेप्दै सर्पको विषबाट अरूलाई जोगाउन जुटेकी ‘स्नेक गर्ल’। सर्प देख्दा मानिसहरू डराउनु अस्वाभाविक होइन। सर्पबारे विभिन्न अन्धविश्वाससँगै धार्मिक र सांस्कृतिक मान्यताहरू पनि छन्। तर मानिसहरूमा यी सरीसृपबारे धेरै भ्रम व्याप्त रहेको देखिन्छ। सर्प संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्दै आएकी नाइजिरियाकी सरीसृपविज्ञ टाइवो ओकिकिओलाले सर्पबारे अस्वाभाविक रुचि राखेकाले “बोक्सी” भएको आरोप खेप्नुपरेको छ। तर उनी विचलित नभई अफ्रिकाभरि विषालु सर्पको डसाइबाट हुने मृत्युबाट मानिसहरूलाई सामाजिक सञ्जालबाट शिक्षित बनाउने अभियानमा जुटेकी छन्।